तपाईँ सुन्दै हुनुहुन्छः

मदिरा ओसारपोसार तथा बिक्री वितरणमा रोक

वीरगञ्ज। आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी पर्सा र बारा जिल्लामा यही वैशाख २७ गते राति १२ बजेदेखि मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको छ ।

दुवै जिल्लाका सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको हो ।

भोलि राति १२ बजेदेखि नेपाल भारत सिमामा आवागमन बन्दसँगै जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

यता बारा जिल्लामा पनि वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेडाइँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button