तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा धनगढी आइपुग्नुभएको छ ।

File Photo

प्रधानमन्त्री देउवाले भोलि धनगढीमा हुने चुनावी आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवा धनगढीस्थित निजी निवासमा रहनुभएको छ । प्रधानमन्त्री धनगढी पुग्नु भएसँगै धनगढीको सुरक्षा व्यवस्था थप सुदृढ पारिएको प्रहरीले जनाएको छ ।

यसैबिच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि धनगढी आइपुग्नुभएको छ । उहाँले भोलि बिहान हसुलियामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button