तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

सप्तरी । सप्तरीमा शनिबार राती ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका–७ मुसहरी टोलका १९ वर्षीय ट्र्याक्टर चालक शिव पौदार रहेको सप्तरी प्रहरीले जनाएको छ ।

बोदेबर्साईन नगरपालिका–७ मुसहरी टोलस्थित भित्री खेतमा जाने बाटोको धामिथान सुखापोखरीको डिलमा प्र २–०१–००१ त २००१ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिदा ट्र्याक्टरको इन्जिनले च्यापिएर पौदारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button