तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको दिन अनुमति लिएका सवारी साधनहरू मात्र सञ्चालन हुने

काठमाडौँ । स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते अनुमति लिएका सवारी साधनहरू मात्र सञ्चालन हुने भएका छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरू मात्र मतदान गर्ने दिन सञ्चालन हुने जनाएको हो ।  

उक्त दिन अन्य सवारी साधनहरू बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदा सम्मका लागि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत आग्रह गरेको छ । 

यसैगरी, वैशाख २७ गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

तोकिएको अवधिमा सूचनामा उल्लेखित कार्य विपरीत काम गरेमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button