तपाईँ सुन्दै हुनुहुन्छः

वैशाख ३० गते खोप अभियान सञ्चालन नहुने 

File photo

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३० गते अतिरिक्त खोप केन्द्र, तथा नियमित खोप अभियान सञ्चालन नहुने समेत जनाएको छ । 

निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरूले पनि आफ्नो मताधिकार प्रयोग गर्ने भएकाले सो दिन खोप अभियान बन्द हुने भएको हो । 

मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले निर्वाचन अघि र पछिका दिनहरूमा भने नियमित खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो । 

मन्त्रालयले कोरोनाको जोखिम नघटेकाले सबैलाई सकेसम्म चाँडो कोरोना विरुद्धको खोप लगाई आफू र आफन्तलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।  

त्यस्तै मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ ।  

छिमेकी देशहरूमा पछिल्ला दिनहरूमा संक्रमण बढिरहेको र नेपालमा पनि यसको जोखिम बढ्न सक्ने भन्दै सचेत रहन मन्त्रालयले आग्रह गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button