गाडीको छतबाट खसेर सल्यानमा एक जनाको मृत्यु
सल्यान । चुनावी प्रचारमा हिँडेको गाडीको छतबाट खसेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कालीमाटी गाउँपालिका–२ दानीगौरामा लु१ज ४५९९ नम्बरको जिपको छतबाट खस्दा सोही ठाउँका १८ वर्षीय खुमराज थापा मगरको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
छतबाट खसी गम्भीर घाइते भएका मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।
गाडी चालक दाङको बबई गाउँपालिका –२ का २८ वर्षीय खुमबहादुर छन्तेल र गाडीलाई नियन्त्रणमा रहेको बताइएको छ ।
नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार रहेका भुपेन्द्र घर्ती मगर सहितको टोलीको प्रचारमा हिँडेका थापा जीपको छतबाट लडेका थिए ।








प्रतिक्रिया राख्नुहोस्