तपाईँ सुन्दै हुनुहुन्छः

५३ बोरा युरिया मलसहित एक जना पक्राउ

बर्दिबास । बिपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ३ बाट गए राती भन्सार छलीको ५३ बोरा युरिया मलसहित एक जनालाई प्रहरीले पक्राउ गरेका छ ।

५३ बोरा युरियासहित बर्दिबास ८ हात्तीलेटका ४० वर्षीय प्रेमबहादुर थापालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

बिपी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र २–०४–००१ च ००३६ नम्बरको पिकअपलाई जाँच्ने क्रममा इलाका प्रहरी कार्यालयको गस्ती टोलीले युरिया मलसहित पिकअप र थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

३७ हजार १ सय भन्सार मूल्य बराबरको युरिया मल र ११ लाखको पिकअपसहित थापालाई आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रवि रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button