तपाईँ सुन्दै हुनुहुन्छः

एसियन गेम्स कोभिडका कारण स्थगित

काठमाडौँ । चीनमा हुने भनिएको एसियन गेम्स कोभिडका कारण स्थगित भएको छ ।

चीनको ह्याग्जाउमा हुने भनिएको प्रतियोगिता कोभिडका कारण २०२३ सम्मका लागि सरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

ओलम्पिक काउन्सिल अफ एसियाका कार्यकारी अध्यक्ष रनधिर सिंहले रोयटर्सलाई बताए अनुसार प्रतियोगिता २०२३ सम्मका लागि स्थगित भएको हो ।

यो सेप्टेम्बरमा हुने भनिएको प्रतियोगिता कोभिडका कारण स्थगित भएको बताइएको छ । १९ औँ संस्करणका रुपमा रहेको प्रतियोगिता सेप्टेम्बर १० देखि २५ सम्म हुने बताइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button