तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन प्रभावित गर्न बन्दुक पकडाउने एक युवक पक्राउ

बीरगंज  । निर्वाचन नजिकिँदै जाँदा गाउँमा बन्दुक पकडाउने एक जनालाई पर्सा प्रहरीले सखुवा प्रसौनी गाउँपालिकाबाट १२ बोर एक नाले बन्दुकसहित आज बिहान रंगेहात पक्राउ गरेको छ । 

गए राति सखुवा पर्सौनी–१ औराहामा स्थानीय मङ्गल बहादुर ब्लोनको घरमा गोली प्रहार गर्ने स्थानीय २२ वर्षीय सल्टु महतोलाई प्रहरीले आज बिहान बन्दुकसहित रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाइएको खनालले बताउनुभयो ।

पक्राउ परेका सल्टु महतोले मङ्गल बहादुर ब्लोनको घरमा गोली प्रहार गर्नुको यकिन कारण खुल्न नसके पनि चुनावमा स्थानीयवासीले त्रसित पार्न र व्यक्तिगत रिसबी फेर्न महतोले गोली चलाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहास्थित जङ्गल छेउ रहेको स्थानीय मङ्गल बहादुर ब्लोनको घरमा लक्षित गरी बिहीबार राति साढे ९ः०० बजे तिर महतोले १२ बोरको बन्दुकबाट ३ राउण्ड गोली प्रहार गरेका थिए । 

महतोले प्रहार गरेको गोलीले ब्लोनको घरको बाँसको टाटी छेडेर घरभित्र रहेको चामलको बोरामा गोली भेटिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button