तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा भोलि बुटवल आउनुहुने

File Photo

लुम्बिनी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार बुटवल आउनुहुने भएको छ । 

प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आउन लाग्नुभएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिनुभयो । 

निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार निर्वाचनमा गठबन्धनलाई एकताबद्ध बनाउन र कार्यकर्तालाई उत्साहित बनाउन सबै दलका नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको हो । 

कार्यक्रममा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, पूर्व प्रधानमन्त्री तथा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल तथा महामन्त्री गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button