तपाईँ सुन्दै हुनुहुन्छः

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कर्णाली प्रदेशले नगद पुरस्कार दिने

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीका लागि कर्णाली प्रदेशले नगद पुरस्कारको घोषणा गरेको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ खेलकुदको पदक विजेताका लागि नगद पुरस्कार घोषणा गरिएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले जानकारी गराउनुभयो ।

सदस्यसचिव विश्वामित्रका अनुसार स्वर्ण विजेताले जनही २ लाख नगद प्राप्त गर्ने छन् । यस्तै रजत विजेताले १ लाख ५० हजार र कांस्य पदक विजेतालाई १ लाख प्रदान गरिने सदस्यसचिव विश्वामित्रले जानकारी गराउनुभयो ।

नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुनेछ । नवौँमा कुल ३६ खेल समावेश गरिएको छ  । कर्णालीले नवौँमा २७ खेलमा सहभागिता जनाउने छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button