लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी । लागु औषध मुद्दाका एक जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
गत चैत्र ३० गते मोरङको विराटनगर महानगरपालिका–१९ मा को १ च ५३१८ नम्बरको पिक अप भ्यानबाट १२० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनि फरार रहेका पिक अप चालकलाई वैशाख २० गते धरानको सुनसरीबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका–८ का ३९ वर्षीय झगेन्द्र राई रहेका छन् । उनले नियन्त्रित लागु औषध गाँजा पिकअपमा लोड गरी सीमा क्षेत्रबाट भारतीय बजार लैजान लागेको अवस्थामा प्रहरी पक्राउ गर्न लाग्दा फरार भएका थिए ।
लागु औषध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्