हँसिया हथौडामा भोट हाल्न गाह्रो गर्नुभयो भने देश दुर्घटनामा जान्छ : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका काँग्रेसले अहिले हँसिया हथौडामा भोट हाल्न आग्रह गर्नुभएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सङ्घीयता विरोधीलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
“रुखवालाले हँसिया हथौडामा हाल्न निकै गाह्रो देखेँ, तराईतिर पनि त्यस्तै देखेँ”, उहाँले भन्नुभयो, “अहिलेको परिवेशमा हँसिया हथौडामा भोट हाल्न गाह्रो गर्नुभयो भने देश दुर्घटनामा जान्छ ।”
उहाँले आफू एकातिर गतिशील र अर्कोतिर आफू अस्थिर देखिए पनि सबैलाई शङ्का नगरी सकारात्मक पक्षले हेर्न आग्रह गर्नुभयो ।
“यो गठबन्धन राष्ट्रको, जनताको आवश्यकता हो र लोकतन्त्र र विकास समृद्धिको आवश्यकता हो ।” उहाँले भन्नुभयो ।
उहाँले केपी ओलीको निरङ्कुश प्रवृत्तिलाई परास्त गर्न गठबन्धन गर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष दाहाले काँग्रेसका असन्तुष्टि पक्षलाई ईंगित गर्दै गठबन्धनमा साथ दिन आउन आग्रह गर्नुभयो ।
“लकिरको फकिर भएर लोकतन्त्रको रक्षा हुँदैन”, उहाँले भन्नुभयो, “सहकार्य सहमति ,मेलमिलाप अहिले पनि आवश्यक छ ।”
आफूलाई विश्वास गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । “म त्यही पात्र हो जसले युद्धलाई शान्तिमा ल्याएको त्यही पात्र हो ।” उहाँले भन्नुभयो । उहाँले केपी ओलीबाट धोका पाएको भन्दै ओलीबाट साँढे तीन वर्षमा केही नपाएको तर ज्ञान प्राप्त गरेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्