तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका सबै मतदान केन्द्रमा अधिकृत तोकिए 

सल्यान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सल्यानमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । २०१ मतदान केन्द्र रहेको सल्यानमा मतदान अधिकृत,सहायक मतदान अधिकृत तोकिएका हुन । 

मुख्य निर्वाचन अधिकृत कुल प्रसाद पाण्डेका अनुसार सबै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै सहायक कर्मचारीहरू तोकिएका छन् । 

तोकिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम पश्चात् नियुक्त गरिएको कार्यस्थलमा खटाइने उनको भनाई छ । 

मुख्य निर्वाचन अधिकृतका कार्यालयका अनुसार कपुरकोट १५, कालीमाटी २०, कुमाखमा १९, छत्रेश्वरीमा १९, सिद्ध कुमाखमा ११, त्रिवेणी मा १५, दार्मा गाउँपालिकामा १७ , बागचौरमा २८, बनगाड कुपिण्डेमा २६, र शारदा नगरपालिकामा ३१ मतदान केन्द्र तोकिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button