बाँकेमा ६२ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एक पक्राउ

नेपालगञ्ज । बाँकेमा ६२ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँस्थित सुवेदी चोकबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुनसहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी राधापुरबाट प्रहरी नायव निरीक्षक रवीन्द्र बमको कमाण्डमा गएको खटिएको प्रहरी टोलीले शङ्का लागेर सिंहलाई जाँच गर्ने क्रममा सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।
उनको साथबाट हार, मङ्गलसूत्र, वाला, दाना, झुम्की, रामलीला, झाला, ब्रासलेट, कानपासा, औँठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका सुनका गहना फेला परेको प्रहरीले जनाएको छ ।
सिंहले ४ वैशाखमा भारतको बैंगलोरको एउटा सुन पसलबाट यी गहना चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको न्यौपानेले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्