तपाईँ सुन्दै हुनुहुन्छः

क्यान्सर रोगी जानुकालाई पाण्डे दाजुभाइले गरे दुई लाख सहयोग

नुवाकोट । क्यान्सर रोगबाट पीडित नुवाकोट बेलकोटगढी नगरपालिका वडा नंं १३ की जानुका ढुङ्गानाको उपचारका लागि सहयोग प्राप्त भएको छ ।

बेलकोटगढी -१३ घर भई हाल अमेरिकामा पेशा व्यवसाय गरी बसिरहेका राजेश पाण्डे( वावुराजा) रामराजा पाण्डे, रामप्रसाद पाण्डे र मधुसूदन पाण्डे (हाल नेपाल) बसिरहनुभएका दाजुभाइहरूले उहाँको उपचारका लागि नेपाली रुपैयाँ दुई लाख सहयोग गर्नुभएको हो ।

सहयोग गर्ने चारै जना पाण्डेहरू सहोदर दाजुभाइहरू हुन् । आफ्नो बुबा भैरव पाण्डेको मृत्यु पनि क्यान्सरबाटै भएको भन्दै उहाँहरूले क्यान्सर रोगीको उपचारको लागि व्यक्तिगत रुपमा सहयोग गर्नुभएको हो । नुवाकोट बेलकोटगढीका भैरव पाण्डे एक प्रतिष्ठित समाजसेवी हुनुहुन्थ्यो ।

बुबाको समाजसेवा र समाजप्रतिको उत्तरदायित्वले प्रेरित भएर आफूहरूले पनि बाबुको विरासतलाई निरन्तरता दिएको पाण्डे दाजुभाइहरूले बताउनुभयो । उहाँहरूले क्यान्सर रोगबाट थलिएकी जानुकालाई वीर अस्पतालको इएन्टी वार्डमा पुगी रकम हस्तान्तरण गर्नुभएको हो ।

सहयोग गर्ने पाण्डे दाजुभाइका दुई दिदी बहिनी गायत्री र सिता हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button