तपाईँ सुन्दै हुनुहुन्छः

आचारसंहिता पूर्ण रुपमा पालना गर्ने कास्कीका उम्मेदवारहरूको प्रतिबद्धता

कास्की । कास्कीमा रहेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आचार संहिताको पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज पोखरामा मुख्य निर्वाचन कार्यालयले आयोजना गरेको सर्वपक्षीय भेलामा सहभागी उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने बताएका हुन् ।

आसन्न स्थानीय निवार्चनमा सहभागी राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आयोगको आचार संहितको सामान्य नियम समेत पालना नगरेको भन्दै विरोध भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज पोखरामा आयोजना गरेको सर्वपक्षीय भेलामा सहभागीहरूले साना ठुला दला सबैले नियम विपरीत कार्य गरेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न तथा आयोगमा उजुरी दिन मुख्य निर्वाचन अधिकृत कृष्ण भट्टराईले सबैसँग आग्रह गर्नुभयो ।

निवार्चनमा भएका कमजोरीलाई सुधार गर्दै लैजाने एमाले पोखरामा मेयरका उम्मेदवार कृष्ण थापाले प्रतिवदता जनाउनुभयो ।

गठबन्धनका तर्फबाट पोखराका मेयरका उम्मेदवार धनराज आचार्यले नियमको पालना गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

प्रदेश निर्वाचन आयोग पोखराका प्रमुख होमनाथ पराजुलीले बाहिर जति नियम विपरीतका कुरा सुने पनि आयोगमा उजुरी दिनेहरूको सङ्ख्या किनै कम भएको र मतदाता परिचय पत्र को दुरुपयोग गर्ने कुरा कसैले सोच्न समेत नसक्ने बताउनुभयो ।

आचारसंहिता विपरीत कार्य गरेमा १ लाख जरिवाना, ३ वर्ष कैद वा उम्मेदवारी नै रद गर्न सक्ने आयोगको नियम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button