तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा विद्युतीय नक्साबाट निर्वाचन सुरक्षा तथा निगरानी गरिँदै

जुम्ला । आगामी वैशाख ३० गते हुने दोस्रो स्थानीय तह निर्वाचन सुरक्षाका लागि जुम्लामा विद्युतीय नक्सा तयार गरिएको छ ।

मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले विद्युतीय नक्साको आधारमा हरेक क्रियाकलापको निगरानी राख्ने गरी विद्युतीय नक्सा तयार पारेको हो ।

निर्वाचनलाई शान्त मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि डिजिटल विद्युतीय नक्सा मार्फत जिल्लाभरको अवस्था एकै ठाउँमा बसेर हेर्न सकिने संयन्त्रको विकास गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले विद्युतीय नक्साको माध्यमबाट भौगोलिक विकटताका आधारमा कुन मतदान स्थल कति संवेदनशील छ भन्ने विषयको सहजै निगरानी राख्न सकिने बताउनुभयो ।

सुरक्षा समितिले भौतिक रूपमा पनि निर्वाचन गतिविधिको अनुगमन गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button