तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस काउन्सिलका अध्यक्ष बस्नेत केन्या प्रस्थान

काठमाडौँ । विश्व प्रेस काउन्सिल (World Association of Press Councils) को वार्षिक साधारण सभामा भाग लिन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत सोमबार केन्याको राजधानी नैराबी प्रस्थान गर्नुभएको छ ।

file photo

मिडिया काउन्सिल अफ केन्या (MCK) को निमन्त्रणामा अध्यक्ष बस्नेतको टोली केन्या प्रस्थान गरेको हो । ३ दिने उक्त सभामा अध्यक्ष बस्नेतले नेपालको पत्रकारिता र आमसञ्चार माध्यमको पछिल्लो अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

टोलीमा काउन्सिल सदस्य ठाकुरप्रसाद बेलबासे पनि हुनुहुन्छ ।

विश्व प्रेस काउन्सिलको बैठक यसअघि सन् २०१९ सेप्टेम्बरमा अजरबैजानको बाकूमा बसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button