तपाईँ सुन्दै हुनुहुन्छः

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु

मनिला। सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए। मृत्यु हुनेमा बालबालिकासहित छ जना छन् ।

आगलागीबाट करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको जनाइएको छ । आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर भाग्दा घाइते भएका छन्।

करिब दुई घण्टापछि दमकलले आगो निभाएको थियो ।ब्युरोले आगलागीको कारण बारे आधिकारिक सूचना जारी गरेको छैन।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button