तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को शनिवारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घटना हुनु दुःखद भएको जनाएको हो ।

पछिल्ला हप्ताहरूमा यहाँ हत्या हिंसाका शृङ्खला बढ्दै गएका र यी आक्रमणहरूले यहाँका सर्वसाधारण नागरिकहरूलाई लक्ष बनाएकाले यसप्रति सुरक्षा परिषद्ले चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानमा मजार ए शरिफमा रहेको एक मस्जिदमा गत बिहीबार हमला हुँदा कैयौँ नागरिकको ज्यान गएको थियो । त्यसैगरी शुक्रवार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।

यहाँका अल्पसङ्ख्यक धार्मिक समुदायका नागरिकमा हुने गरेको हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button