तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने

काठमाडौँ।सत्तारूढ दल नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ । काँग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको हो ।

काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सातै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसले यही वैशाख २१ गते प्रदेश नं १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौँ, वैशाख २४ गते गण्डकी प्रदेशको कास्की, वैशाख २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, वैशाख २६ गते कर्णाली प्रदेशको सुर्खेत र वैशाख २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुला सभा गर्न लागेको हो ।

सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने मुख्यसचिव पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button