अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकिंन युद्धग्रस्त युक्रेनको राजधानी कियभ जाँदै

युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकिंनले युक्रेनको राजधानी कियभको भ्रमण गर्ने जानकारी दिनुभएको छ ।
विदेश मन्त्री ब्लिकिंनले आज (आइतबार) कियभको भ्रमण गर्नुहुने युक्रेनले जनाएको छ ।
यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले आफ्नो कब्जामा राखेको मारियोपोलमा रहेका युक्रेनी सेनाको अन्तिम टुकडीको हत्या गरे अथवा कब्जामै रहेको खेरशन सहरमा स्वतन्त्रताका लागी जनमत सङ्ग्रह गराए शान्ति वार्ता अन्त्य हुने बताउनुभएको छ ।
मारियोपोलमा फसेका मानिसको उद्धार हाल सम्म हुन नसकेको युक्रेनले बताएको छ ।
यसैबीच, रुसी मिसाइलले युक्रेनी सहर ओडेसा स्थित एक आवासीय भवनलाई प्रहार गर्दा एक नवजात शिशुसहित ८ जना नागरिकको मृत्यु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्