तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा पूर्व सांसद आचार्यको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्व सांसद विष्णुराज आचार्यको आज ७४ वर्षको उमेरमा निधन भएको छ । 

पूर्व सांसद आचार्यको उपचारको क्रममा काठमाडौँमा निधन भएको हो । 

नेता आचार्य २०४८ र २०५१ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट सांसद पदमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो । 

उहाँको निधनप्रति नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुहुँदै नेपाली कांग्रेस कपिलवस्तुका नेता एवं पूर्व सांसद विष्णुराज आचार्यको निधनको खबरले आफूलाई  स्तब्ध र दुःखित बनाएको बताउनुभएको छ ।

स्वर्गीय आचार्यले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याउनुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने पनि प्रधानमन्त्री देउवाले शोक सन्देशमा उल्लेख गर्नुभएको छ ।

पूर्व सांसद स्व.विष्णुराज आचार्यको आजै पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ ।

पूर्व सांसद आचार्यका श्रीमती र ३ छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button