नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ ।
शुक्रवार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारोत्तोलन, सुटिङ, पौडी, ह्यान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फुटबल कन्ट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङलाई समावेश गर्ने निर्णय गरेको छ ।
बैठकले ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौँ राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।
सरकारले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
राखेपको बोर्ड बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका पारित समेत गरेको छ ।
करिब तीन वर्षपछि पहिलो पटक बसेको राखेपको बोर्ड बैठकले सङ्घ संस्थाको निर्देशिका पारित गर्नेदेखि जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्ने सम्मको निर्णय गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्