तपाईँ सुन्दै हुनुहुन्छः

जिम्बाबे ‘ए’विरुद्ध नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबे ‘ए’ विरुद्धको तीन एकदिवसीय र तीन टी-ट्वान्टी सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्। टोलीमा विकेट किपर विनोद भण्डारीले पुनारागमन गरेका छन्। तर, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने समेटिएका छैनन्।

सिरिज बैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।

५० ओभरको सिरिज बैशाख १७ देखि २१ सम्म चल्ने छ । यस्तै टी-ट्वान्टी सिरिज बैशाख २३ देखि २६ सम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button