तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशसभा सदस्य पदबाट राजीनामा

हेटौडा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो सदस्य पदबाट आज राजीनामा दिनुभएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनका लागि सो पदबाट आज राजीनामा दिनुभएको उहाँले जानकारी दिनुभएको छ ।

चितवनको क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित सदस्य सुवेदीले आज प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष लिखित रुपमा आफ्नो सदस्य पदबाट राजीनामा पत्र बुझाउनुभएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button