कास्की जिल्ला फुटबल सङ्घको अध्यक्षमा उज्ज्वल रञ्जित निर्वाचित

कास्की । कास्की जिल्ला फुटबल सङ्घको अध्यक्षमा उज्ज्वल रञ्जित निर्वाचित हुनुभएको छ ।
पोखरामा सम्पन्न निर्वाचनमा उज्ज्वल ले १४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी विनोद गुरुङले ७ मत प्राप्त गर्नु भयो । सङ्घको निर्वाचनमा तीन जना उम्मेदवार रहेका थिए ।
पहिलो पटक भएको निर्वाचनमा कुल खसेको मतको ५१ प्रतिशत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थिए । पहिलो चरणमा नवीन पुन ५ मत प्राप्त गर्दै मतदान प्रक्रियाबाट बाहिरिएका थिए । पहिलो चरणमा विनोदले ७ र उज्ज्वलले ९ मत प्राप्त गरेका थिए ।
दोस्रो पटक भएको निर्वाचनमा उज्ज्वल रञ्जितले बाजी मारे । कुल २२ मतमा १ मत बदर भएको निर्वाचन अधिकृत केशवराज बरालले जानकारी दिनुभयो । अध्यक्ष पद बाहेक अन्य सबै पदमा सर्वसम्मत निर्वाचित भएका छन्
यसै गरी तीन जना उपाध्यक्षमा जगत बहादुर थापा, नर प्रसाद गुरुङ र सुरेन गुरुङ निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरूमा सुनिल गायक, राजेश त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेश गुरुङ, हितमान गुरुङ, विकास गुरुङ, सुविन श्रेष्ठ, ओम गुरुङ, टङ्कप्रसाद गुरुङ, शोभा बानियाँ (महिला सदस्य) सर्वसम्मत भएको निर्वाचन अधिकृत बरालले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्