तपाईँ सुन्दै हुनुहुन्छः

४४ जना नेपाली महिला क्रिकेट खेलाडीलाई क्लोज क्याम्पको लागि बोलाइयो

काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकप छनोटको लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ४४ खेलाडीलाई क्लोज क्याम्पको लागि बोलाएको छ । 

बिहीबार क्यानले विश्वकप छनोटको लागि भन्दै ४४ महिला किशोरी खेलाडीलाई पहिलो चारणको क्याम्पमा बोलाएको हो । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ महिला विश्वकपको लागि खेलाडीलाई क्याम्पमा बोलाइएको हो ।

क्लोज क्याम्प वैशाख १० गतेबाट सुरु हुने समेत क्यानले जनाएको छ ।  पहिलो संस्करणको विश्वकपमा १६ राष्ट्रको सहभागिता रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button