सप्तरीका १८ वटै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राजविराज । सप्तरी जिल्लाको १८ वटै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
वैशाख ३० गते हुने निर्वाचनलाई ध्यानमा राखेर सबै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।
सबै निर्वाचन अधिकृतको कार्यालयहरूमा कर्मचारी परिचालनका साथै निर्वाचन प्रयोजनका लागि आवश्यक सामाग्रीहरू पठाउने काम भइरहेको जिल्ला निर्वाचन अधिकृत रमेश जोशीले बताउनुभयो ।
यसैगरी, ११ र १२ गते उम्मेदवारहरूको उम्मेदवारी दर्ता हुने भएकाले १८ पालिकामा नै आवश्यक कागजातहरू पठाउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय अधिकृत जोशीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्