तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा बारामा एक जना जना सञ्चारकर्मीको मृत्यु

बारा । बारामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जना जना सञ्चारकर्मीको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ मुसर्नीमाईमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा पर्सा जिल्ला बिरगंज महानगरपालिकाको सोलखपुर बस्ने बर्ष ३१ का रमेश चौलागाईको मृत्यु भएको हो ।

सिमराबाट सोलखपुरतर्फ जाँदै गरेको ना १९प ८८१८ नम्बरको मोटरसाइकल विद्यतुको पोलमा ठोक्किएर दुर्घटना हुँदा चौलागाईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

घटना लगत्तै सिमरास्थित अल्पाईन अस्पताल लगिएकोमा चौलागाईलाई चिकित्सकले मृत घोषित गरेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । 

उनको शव शल्य परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल बीरगन्ज लागिएको प्रहरीले जनाएको छ ।

मृतक चौलागाई सोलखपुरबाट प्रकाशन हुने ज्वलन्त खबरका प्रकाशक हुनुहुन्छ । लामो समय रेडियो क्षेत्रमा काम गरेका चौलागाईले केही महिना अघिदेखि अनलाइन पत्रिका सञ्चालनमा ल्याएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button