धनुषामा युवकको शव फेला
जनकपुरधाम । जनकपुरमा एक युवकको हत्या भएको अवस्थामा शव फेला भएको छ ।
हातखुट्टा बाँधेर हत्या गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका वडा नंं २१ कुर्थामास्थित रामनारायण महासेठको पोखरीमा एक युवकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधवार साँझ युवकको शव पोखरीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अन्दाजी वर्ष २५ को पुरुषको शवलाई प्रहरीले पोस्टमार्टमका लागि प्रोदशिक हस्पिटल जनकपुरधाममा राखेको छ ।
कसैले युवकको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।अहिलेसम्म शवको पहिचान भई नसकेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिँदै शवको पहिचानको प्रयास भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्