धनुषाको १८ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । धनुषा जिल्लाको १८ वटै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
यही वैशाख ३० गते हुने निर्वाचनलाई ध्यानमा राखेर सबै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
यसैगरी, सबै निर्वाचन अधिकृतको कार्यालयहरूमा कर्मचारी परिचालनका साथै निर्वाचन प्रयोजनका लागि आवश्यक सामाग्रीहरू पठाउने काम भएको छ ।
यसैगरी, ११ र १२ गते उम्मेदवारहरूको उम्मेदवारी दर्ता हुने भएकाले १८ पालिकामा नै आवश्यक फारमहरू पठाउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।
यसैगरी, निर्वाचन अधिकृतको कार्यालयहरूमा सुरक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गर्ने काम भएको छ ।








प्रतिक्रिया राख्नुहोस्