दुहबी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन

सुनसरी । सुनसरीको दुहबी नगरपालिका ४ स्थित रङ्गशालामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भएको छ ।
निर्वाचन अधिकृत षड् कुमार पोखरेलले दुहबी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भएका जानकारी दिनुभयो ।
दुहबी नगरपालिकाका कार्यकारी प्रमुख राजकुमार केसीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर वैशाख ८ गते सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गर्ने निर्देशन अनुसार निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको बताउनुभयो ।
सो अवसरमा इलाका प्रहरी कार्यालय दुहबी प्रहरी प्रमुख जयदेव माझीले निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आफूहरू लागिपरेको र सबैको समन्वय, सहकार्य आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्