भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कार्यालय स्थापना गरिएको हो ।
भीमदत्त नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका ९ वटै स्थानीय तहलाई हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
भीमदत्त नगरपालिकाको भवनमा उक्त कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायाधीश मदन सिंह धामी तोकिनुभएको छ । उहाँले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने बताउनुभएको छ ।
कञ्चनपुरका ९ वटै स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।
यसैगरी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापन र मत पेटिकाहरूको व्यवस्थापन कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ ।








प्रतिक्रिया राख्नुहोस्