बैतडीका १०वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
बैतडी । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बैतडी जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
निर्वाचनमा सहभागी हुने राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूको मनोनयन दर्ता गरी निर्वाचन चिन्ह प्रदान गर्ने उद्देश्यले प्रत्येक स्थानीय तहमा कार्यालय स्थापना गरिएको हो ।
४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा स्थापना गरिएका सबै निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक जनशक्तिको व्यवस्था भइसकेको बैतडी जिल्लाका मुख्य निर्वाचन अधिकृत तिलक बहादुर कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्