स्याङ्जामा जिप दुर्घटना, ५ को मृत्यु,६ घाइते*

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा ५जनाको मृत्यु भएको छ । जिपमा सवार १३ मध्ये ६ जना घाइते भएका छन् । आइतबार बिहान साढे १० बजे जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै प्राथमिक उपचार पछि पोखरा रिफर गर्ने तयारी छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
सच्याइएको : यसअघि प्रकाशित समाचारमा असावधानीवश मृतकको संख्या ७ उल्लेख हुन गएकोमा त्यसलाई सच्याइएको छ । यसबाट पठाकवर्गलाई पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।
-सम्पादक







प्रतिक्रिया राख्नुहोस्