दुवै खुट्टा गुमाएका विकलाई ह्विल चियर प्रदान

तनहुँ । सात बर्षअघि आफैले काटेको रुखमा च्यापिएर दुवै खुट्टा गुमाएका रामबहादुर विकले ह्विल चियर पाउनुभएको छ ।
शनिबार लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले उहाँको कष्टकर अवस्थालाई सहज बनाउन ह्विल चियर प्रदान गरेपछि विकलाई राहत मिलेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएपछि ह्विल चियरको अभावमा चार पाउले हिँड्न बाध्य विकले सहयोग पाएपछि जीवनमा सहारा मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
केही दिन अघि चार पाउ टेकेर बजार डुल्दै गर्दा विकले ह्लिव चेयरको आवश्यकता रहेको बताउनुभएको थियो । उहाँको समस्याबारे जानकारी पाएपछि क्लबका अध्यक्ष विष्णु रानाले सहयोगको व्यवस्था मिलाउनुभएको थियो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका १० का विकले सक्षम हुँदा सामाजिक सेवामा योगदान पुर्याए पनि असक्षमतामा बेसहारा बन्नुपरेको गुनासो गर्दै आउनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्