एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण
मस्को । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधवार जानकारी दिएको छ ।
ती सैनिकहरूलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।
मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । रासस/एएफपी







प्रतिक्रिया राख्नुहोस्