तपाईँ सुन्दै हुनुहुन्छः

घुस रकमसहित प्रधानाध्यापक पक्राउ

रौतहट । रौतहटको एक विद्यालयका प्रधानाध्यापक सहित दुई जना घुस रकम सहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ टङ्गालको टोलीले ईशनाथ नगरपालिका स्थित विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्र कुमार झा लाई तीन लाख रुपैयाँ घुस सहित पक्राउ गरेको छ । 

करार शिक्षकको सेवा अवधि थप गर्न घुस रकम माग गरेको सूचनाको आधारमा अख्तियारको टोलीले यमुनामाई गाउँपालिका वडा नं. ४, सरुअठ्ठाबाट उनीहरूलाई पक्राउ गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले विज्ञप्ति मार्फत जानकारी दिनु भएको छ । 

घुस रकम लिएको अवस्थामा पक्राउ परेका उनीहरूको मुचुल्का उठाउने कार्य सम्पन्न गरी दुवै जनालाई अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल लगिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button