भूमिहीन र दलितलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएअनुरूप भूमिहीन र दलितलाई विशेष प्राथमिकतामा राखेर सिन्धुली जिल्लाको दुधौलीको मुसहर बस्तीबाट १ सय ६ घरपरिवारलाई भूमि आयोगमार्फत लालपुर्जा वितरण गरेको जानकारी दिनुभयो ।
लिखित रजिष्ट्रेशन प्रारम्भ भएको सय वर्ष पुगेको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपालमा वि.स. १९७८ सालमा पोता रजिष्ट्रेशनको स्थापना भई जग्गा प्रशासनको क्षेत्रमा यसैमार्फत सुधारका प्रयासहरू सुरु भएको जानकारी दिइएको थियो ।
मन्त्री श्रेष्ठले गैर भूमिहीनले जमिन नपाउन भन्नमा मन्त्रालय सचेत रहेको भन्दै त्यसका लागि प्रविधिमार्फत काम भइरहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि योग्य जमिनको खण्डीकरण नियन्त्रण एवं भू उपयोग नीति तथा ऐनको कार्यान्वयन गर्न ठोस योजना र कार्यक्रम तय गरी भूमि व्यवस्थापनको कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालय लागि परेको जानकारी दिइयो ।
कार्यक्रममा सरकारले सार्वजनिक गुठी जग्गाको श्रेष्ता संरक्षण आधुनिक र वैज्ञानिक विधिमा आधारित बनाउने कार्यको सुरुवात पनि मन्त्रालयले गरिसकेको जानकारी गराइयो ।







प्रतिक्रिया राख्नुहोस्