तपाईँ सुन्दै हुनुहुन्छः

एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । 

नेपाल ताजकिस्तानसँग ११–१ गोल अन्तरले हारेको हो । लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । 

किर्गिस्तानमा आज भएको खेलमा नेपाल र ताजकिस्तानले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो । 

नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए । यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपालले अब मङ्गलवार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button