पाँचथरको हिलिहाङ– ७ टारीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु
पाँचथर । मेची राजमार्ग अन्तर्गत हिलिहाङ– ७ टारीमा ट्रक दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।शनिवार साँझ साढे ८ बजे ना २ ख ८३१६ नम्बरको ट्रक ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउने क्रममा दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी फालेलुङ १ बस्ने प्रेमकुमार गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।ट्रक दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सागर श्रेष्ठले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले बताएको छ ।






प्रतिक्रिया राख्नुहोस्