जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जुम्लाकै दुर्ग र शारधालाई

जुम्ला ।तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जुम्लाकै धावकहरुले जितेका छन् । म्याराथनको ४९ किलोमिटर दुरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुष तर्फ जुम्लाकै धावक दुर्ग बहादुर बुढा प्रथम भएका हुन । भने महिला तर्फ जुम्लाकै धाविका शारधा भण्डारी बुढाले ६ घण्टा ३४ मिनेट ४१ सकेण्डमा ४९ किलोमिटर दुरी पार गर्दै प्रथम भएकी हुन् ।
पुरुषतर्फ द्धित्तिय हुनेमा दल बहादुर बुढा,५ घण्टा ५ मिनेट ४८ सेकेण्ड,तृतीय बेद बहादुर शाही र चन्द्र रावल सहित ७ जना पुरुषतर्फ सान्त्वना भएको आयोजक संस्था कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।
उहाँका अनुसार महिला तर्फ द्धित्तिय गणना भण्डारी ४९ किमी दुरी ६ घण्टा ५९ मिनेटमा पार गरेकी थिइन् । भने तृतीय मन्जु रावत र उमाकली बुढा सहित ७ जना महिलातर्फ भएका छन् ।

कर्णालीको पर्यटन प्रवर्द्धन तथा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको ४९ किमी दौडमा भारतका एक जना सहित नेपालका १० जिल्लाका ७६ जना खेलाडीको सहभागिता थियो । जसमा महिला पुरुष तर्फ जुम्लाकै धावक र धाविकाले उपाधि जित्न सफल भएका छन् । म्याराथनको उपाधि जित्ने लगायत टप १० भित्र पर्ने सबै खेलाडीलाई पर्यटकीय स्थल मुगुको रारातालमा आइतबार बिहान पुरस्कार वितरण गरिएको छ ।
म्याराथनको ४९ किमी दौडमा प्रथम हुने दुर्ग बहादुर बुढाले नगद एक लाख २५ हजार सहित मेडल,प्रमाण पत्र ट्रफि पाएका छन् । भने, द्धितियले ६२ हजार ५ सय,तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ३ हजार पाँच सयका दरले पुरस्कार पाएका छन् ।
त्यस्तै महिलातर्फ पनि प्रथम हुने शारधा भण्डारी बुढाले नगद एक लाख २५ हजार सहित मेडल,प्रमाण पत्र ट्रफि पाएका छन् । भने, द्धितियले ६२ हजार ५ सय,तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ३ हजार पाँच सयका दरले पुरस्कार दिइएको कर्णाली स्पोर्ट क्लबका सहसचिव धनराज सुनारले बताए । कार्यक्रमका अन्तर्राष्ट्रिय धावक र गीतकारहरू आएका थिए ।
पाँच किलोमिटर दौडमा अशोक र सुशीला प्रथम
जुम्ला–रारा अल्ट्रा म्याराथनको १६ वर्षमुनिको पाँच किलोमिटर दौडमा अशोक विक र सुशीला विष्ट प्रथम भएका छन् । पाँच किलोमिटरमा पुरुषतर्फ अशोक र महिलातर्फको दौडमा सुशीला प्रथम भएका हुन् । यसैगरी पुरुषतर्फ दीपेन्द्र बुढा द्वितीय र कवीन्द्र बुढा तृतीय भए ।
महिलातर्फ कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । यसैगरी खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका हुन् ।उहाँहरूलाई शनिवार बिहानै मुख्यमन्त्री जीवनबहादुर शाहीले पुरस्कार वितरण गर्नु भएको थियो । १६ वर्षमुनिको दौडमा विजेता खेलाडीलाई क्रमशः प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ । १६ वर्षमुनिको खेलमा १५६ जना खेलाडी सहभागी भएका थिए ।
त्यस्तै ओपन ५ किमी दौड प्रतियोगितामा जुम्लाका विकास बुढा प्रथम,हरि बहादुर रावत द्धित्तिइ र हर्क रावत तृतीय भएका छन् । ओपन ५ किमीको दौडमा प्रथमलाई ३ हजार, द्वितीयलाई २ हजार र तृतीयलाई एक हजार प्रदान गरिएको छ । यो । ओपन ५ किमी दौडमा २ सय बढी खेलाडीले भाग लिएका थिए ।
तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनमा भारत सहित नेपालका १० जिल्ला र जुम्लाका गरी झन्डै ४ सयबढी खेलाडी सहभागी भएका छन् ।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले कर्णालीको पर्यटन प्रर्बद्धनमा म्याराथन कोशेढुंगा साबित हुने बताउनुभयो । साहसिक खेललाई प्रवर्द्धन गर्न कर्णाली प्रदेश सरकार सधैँ तयार रहेको उहाँको भनाई छ । चारदिने भ्रमणमा जुम्ला आउनु भएका मुख्यमन्त्री शाही आइतबार फर्किँदै हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्