युक्रेनको रेल स्टेसनमा भएको आक्रमणको अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा

काठमाडौं । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेशनमा रकेट आक्रमण हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
यसैबीच अन्तर्राष्ट्रिय समुदायले युक्रेनको क्रमातोर्स्क स्थित रेल स्टेसनमा भएको आक्रमणको निन्दा गर्नु साथै घटनाको जबाफदेहिताको पनि अपिल गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले क्रमातोर्स्कमा ५० जनाको ज्यान जाने गरी भएको आक्रमण रुसले गराएको दाबी गर्नु भएको छ ।
त्यसैगरी क्रमातोर्स्कमा भएको आक्रमणको निन्दा गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई थप प्रतिरक्षा मिसाइल सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
रुसले भने उक्त घटनामा आफ्नो कुनै हात नभएको बताएको छ ।
यसैबीच रुसले युुक्रेनको पूर्वी क्षेत्र दोनेस्कमा आफ्नो आक्रमण बढाएको छ ।
रुसी सेनाले युक्रेनको उत्तरमा आफ्नो सेनामा उल्लेखनीय कटौती गरी पूर्वी क्षेत्रमा आफ्नो सेना केन्द्रित गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्