तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिस्ट पार्टी कमजोर हुँदा देश कमजोर हुन्छ: महासचिव भुसाल

सिन्धुपाल्चोक । कम्युनिस्ट पार्टी कमजोर हुँदा देश कमजोर हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले बताउनुभएको छ ।

शुक्रवार मेलम्चीमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ स्तरीय निर्वाचन अभिमुखीकरण कार्यक्रममा भुसालले जनताको मत, लोकतन्त्र र गणतन्त्रको सुरक्षार्थ आफूहरूले विद्रोह गरी नयाँ पार्टी स्थापना गरेको बताउनुभयो । 

केन्द्रीय सदस्य भगवती नेपाल, सुवास कर्माचार्य लगायतले नेकपा एमाले व्यक्तिवादी सोचबाट ग्रसित भएको, नीति र सिद्धान्तमा नचलेको बताउनुभयो ।

नव प्रवेशी नेता उपेन्द्र तामाङले बाढी गएको लामो समय भइसक्दा समेत स्थानीय सरकारले चासो नदिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button