तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी स्मृति गोल्डकप फुटबल सुरु

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ ।

सप्तरी जिल्ला फुटबल सङ्घ तथा न्यु त्रियुगा स्पोर्टस क्लब फत्तेपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको शुक्रवार भएको उद्घाटनमा बागमती फुटबल क्लब र इटहरी फुटबल क्लब सुनसरीबिच भएको खेलमा २–१ को अन्तरले बागमती फुटबल क्लब विजयी भएको छ ।

जिल्ला फुटबल सङ्घ सप्तरी र न्यु त्रियुगा स्पोर्टस क्लबको आयोजना र मधेस प्रदेश सभा सदस्य सत्यनारायण मण्डलको संसदीय विकास र सप्तकोसी नगरपालिका सप्तरीको सहयोगमा सञ्चालित प्रतियोगिताको शुक्रवार प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य सत्यनारायण मण्डलले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिताको दोस्रो खेल शनिबार गाईघाट फुटबल क्लब उदयपुर र डागिहाट यूथ क्लब मोरङबिच हुने जिल्ला फुटबल सङ्घ सप्तरीका महासचिव अमर खवासले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई क्रमशः २ लाख र १ लाख नगदसहित ट्रफि, प्रमाणपत्र तथा मेडल प्रदान गरिने खवासले जानकारी दिनुभयो ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी म्यान अफ दि म्याच, वेस्ट गोल किपरलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button