तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडूद्वारा पदभार ग्रहण

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गर्नुभएको छ।

मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति निर्माण , ओएनएम अध्ययनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो।

यसैगरी मन्त्री बडूले कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र पुनः चलायमान हुन थालेको र मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका तात्कालिक र दीर्घकालीन समस्या एवं चुनौतीहरू सबै  मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयात र निर्यातको चेन सन्तुलनका लागि तत्कालिक र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने बताउनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै राष्ट्रपतिले मन्त्री बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोक्नुभएको थियो । यसअघि मन्त्री बडूले असोज २२ देखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button