तपाईँ सुन्दै हुनुहुन्छः

नगरप्रमुखद्वारा आफू चढ्ने गाडी फिर्ता  

कपिलवस्तु । निर्वाचन आचारसंहिता लाग्नुभन्दा अगावै कृष्णनगर नगरपालिकाका नगरप्रमुखले चढ्ने गाडी फिर्ता गर्नु भएको छ । 
 २०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा नेपालभरि मै सबैभन्दा बढी फरक मतान्तरले जीत हासिल गर्नु भएका कृष्णनगर नगरपालिकाका नगरप्रमुख  रजत प्रताप शाहले आफू चढ्ने नगरपालिकाको गाडी हस्तान्तरण गरिसकेको नगरपालिकाले जनाएको छ । निर्वाचन आचारसंहिता लाग्नुभन्दा पहिलै गाडीको साँचो प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई सुम्पिएको नगरप्रमुख शाहले जानकारी दिनुभयो ।   

आइतबार अफिस समयमा नगरपालिका पुगेर सेतो प्लेटको स्कारपियो गाडी नगरपालिका तथा अन्य सरकारी कामकाजका लागि फिर्ता गरिएको हो । अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने योजना शाखा प्रमुख साकिर अहमद शाहले जानकारी गराउनुभयो ।  

स्थानीय निर्वाचन २०७८ को आचार संहिता लागेसँगै जनप्रतिनिधिहरूले लिने सेवा सुविधामा रोक लाग्ने भएकाले जिल्लामै  पहिलो  स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button