खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु
बारा । बाराको निजगढ नगरपालिकाको लालमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ ।
निजगढ नगरपालिकाको वडा नं. १० लालमा आज बिहान करिब ८ः०० बजे खेत जोत्ने क्रममा सो दुर्घटना भएको हो ।
दुर्घटनामा बुद्धिलाल बोम्जनका सात वर्षीय छोरा दिपास बोम्जनको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शङ्करप्रसाद चौधरीले बताउनुभयो ।
प्रदेश २–०३–००१त १३१३ नम्बरको ट्याक्टरमा रोटाभेटर लगाई बालक दिपासलाई आफूसँगै ट्याक्टरको सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्